नेपालगञ्ज/भेरी अञ्चल अस्पताल, नेपालगञ्जको सेवा, सुविधा बारे सूचना माग गरिएको छ । अस्पतालको सेवा, सुविधाको स्तर प्रभावकारी नभएपछि सो बारे थाहा पाउन सूचना माग गरिएको हो । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्ज निवासी ३ जना युवाहरु नमस्कार शाह, मन भण्डारी र बिनय दिक्षितले संयुक्त रुपमा माघ २५ गते निबेदन दर्ता गर्दै सूचना माग गरेका हुन् । सूचना मागकर्ताहरुले अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी (चिकित्सक, मेडिकल अफिसर, स्टाफ नर्स, अनमि लगाएत), प्रशासनिक कर्मचारीहरुको पूर्ण नामावलि, ओपिडि खुल्ने र बन्द हुने समय, ओपिडिमा रहने चिकित्सकहरुको विवरण, अस्पतालमा कार्यरत चिकित्सकहरुको किल्निकमा संलग्नता सम्वन्धि बिबरण माग गरेकाछन् । त्यसैगरी सूचना मागकर्ताहरुले अस्पतालका सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको नाम र सम्पर्क नम्बर समेत माग गरेका छन् ।