हरेक वालबालिकामा केही न केही प्रतिभा हुने गर्छ । त्यस मध्ये कतिका प्रतिभा उजागर हुन्छन् भने कतिका भित्र—भित्रै गुम्सिन्छन् र
हराएर जान्छन् । शिक्षक तथा अभिभावकले समयमै बालबालिकाको क्षमता र प्रतिभाको सम्मान नगर्दा निराश भएर बस्नु पर्नेहुन्छ । आदर्श उच्च माध्यमिक बिद्यालयको कक्षा ८ मा अध्ययनरत १३ बर्षका छात्र श्राईन सिग्देललाई पढाई बाहेक चित्र बनाउन र व्याडमिन्टन खेल्न मन पर्छ । बर्दिया घर भई हाल नेपालगञ्ज उप महानगरपालिकाको घरबारी टोलमा बस्दै आएका सिग्देलको बुवा श्रीराम सिग्देल र आमा कमला सिग्देलको न्यानो कोखबाट जन्म भएको थियो । उनको परिवारमा बुवा, आमा, बहिनी सहित ४ जना छन् । श्राईन अरु भन्दा पढाईमा अब्बल छात्र हुन् । उनी पढाईमा हाल सम्म आफ्नो कक्षामा प्रथम स्थान हाँसिल गर्दै आएकाछन् । कक्षा ४ सम्म एन्जल्स स्कुलमा पढेका उनी कक्षा ५ देखि आदर्श मा.बि.मा पढदै आएकाछन् । उनी कक्षाको उत्कृष्ठ बिद्यार्थीको रुपमा परिचित छन् । स्कुलबाटै चित्रकला प्रतियोगितामा भाग लिएर द्धितिय स्थान हाँसिल गरि पुरस्कार समेत प्राप्त गर्न सफल भएको उनी बताउँछन् । उनलाई बिज्ञान र गणित बिषय एकदमै मनपर्ने बिषय हो । उनी भन्छन्– मैले बिज्ञान र गणित बिषयमा शत प्रतिशत अंक ल्याएर पास हुँदै आएको छु । सहयोगी भावनाका श्राइन घरमा समय भएको बेला आफ्नी आमालाई काममा सघाउने गर्छन् भने बिद्यालय बिदाको दिनमा समेत घरायसी काम गर्ने गरेको उनको भनाई छ । बहिनी सानो भएको हुँदा आमालाई सानो तिनो किनमेल गर्ने काममा पनि उनी सघाउदै आएका छन् । उनी बिद्यालय मात्रै होईन घरका पनि अनुशासित छोरा हुन् । त्यसैले उनी भन्छन् —मैले आमा बुवालाई कहिलै सताएको छैन । उनलाई ईञ्जिनियर बन्ने रुचि भएको हुनाले सिभिल इन्जिनियरिङ्ग पढ्ने चाहना रहेको बताउँछन् । यदि सिभिल इन्जिनियरिङ्ग पढ्न सकेन भने ब्यवसायिक रुपमै चित्रहरु बनाउने ईच्छा उनको छ । उनको ईच्छा तथा चाहना पुरा हुँदै जाओस् शुभकामना ।
- प्रतिक्षा, रुपा