– सागर शाही
सभापति, सि.ए., नेबिसंघ, दिल्ली
दुर्योधन को आदेशमा दुशासनद्वारा चिरहरण भएकी पान्चाली
उजाड, उदास, असहाय क्षत बिक्षत पारिएकी प्रिय मसलाघारी
लाचार धृतराष्ट्र, भिष्मपितामह र द्रोणचार्य जस्ता मुकदर्शक भएका लज्जित गाउँलेहरु
मशलाघारी तिम्रो श्रद्धामा म गरिबले के अर्पण गर्न सकुला र ?
यही दुई शब्द न हो, जिउने छु तिम्रो सम्झनामा, रम्नेछु सदैब तिम्रै कल्पना मा
तिम्रै शीरमा रहेको सालघारी सुसेली हाली सुसाउँदैन किन ?
खरायो उफ़्रँदैन, कालिज बास्दैन, मृग मृगिनी नाच देखाउँदैन
घिमिरे डाँडा झुकेको शिरमाथि नाच्ने धेरै भए गिद्धहरु
२०४० को दशकमा बिदेशी बटुवाहरुलाइ बास दियौ तिम्रै झुपडीमा
नेपाली वीर गोर्खाली सेना छनोटको परेड खेलायौ तिम्रै आँगनीमा
बन्धकी चलचित्रले तिमिलाइ बन्धक बनाइ सर्बोत्कृष्ट भयो २०६३ मा
करोडौं प्रेम जोडी प्रेमी प्रेमिका रमाए तिम्रै सुन्दर, शितल हरियालीमा
फिनिकाँडा, गोटिकाँडाका किसानहरुको दुध, दहि, घिउ, मह, फलफूल, अन्न, तरकारी आउन छाड्यो
कलम कापि किताब नुनतेल कपडा औषधि मालसामान माथि डाँडामा नजाने भयो
गोठालाहरुको गाई भैंसी गोरु बाख्रा अब चर्न जाने ठाउँ कहाँ ?
बालक बयस्क अनि वृद्धहरु सुखदुःखका भारी बिसाउने गर्थे यहाँ
गङ्गा जमुना जस्तै निर्मल सुशील अनवरत बगिरहने खोक्रे खोला
इन्द्रधनुषका सातै रङ्गले रङ्गिएको क्यानभास जस्तो जिरो ड्याम त्यहाँ
स्वर्गका अप्सराहरुको फिँजिएको जटा जस्तै झरझर झर्ने झरनाहरु
समुन्द्र मन्थन गरी निकालिएको अमृतसरी पाइने चिसोपानी अनि मनै छुने मीठो हावाका तरंगहरु
सदा सदा अमर रहने छ्यौ मेरो स्मृति अनि मानसपटलमा
जय होस् सबैको, सबैको उन्नति होस्
जय नेपाल