बाँके- लक्ष्मीराज जोशीको अध्यक्षतामा शनिबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, बाँके शाखा गठन भएको छ। नेपालगन्जमा आयोजित छैठो जिल्ला अधिवेशनमार्फत ११ सदस्यीय उक्त जिल्ला कार्यसमिति सर्वसम्मत गठन भएको हो। नेपाल ट्रेड युनियन काँग्रेससँग आवद्ध प्रजातान्त्रिक आस्थाका श्रमिकहरुको उक्त समितिको उपाध्यक्ष (महिला) मा रमा श्रीस मगर, उपाध्यक्षमा वुद्धिप्रकाश के.सी.,सचिवमा अजितबहादुर कार्की, कोषाध्यक्षमा चेतमान कठायत, सदस्यमा क्रमशःराजेन्द्र कुमार थापा, रेशमलाल आचार्य, सरस्वती कुमारी, रानु थापा, पुष्पराज श्रेष्ठ, अवधेसकुमार गोइत निर्विरोध हुनुभएको निर्वाचन अधिकृत रहनु भएका अधिवक्ता लोकबहादुर शाहले जानकारी दिनुभयो। त्यसैगरी अधिवेशनले प्रतिनिधितर्फ दुर्गाप्रसाद जैसी, खिमेन्द्र बुढाथोकी , गंगा क्षेत्रीलगायतलाई निर्वाचित समेत गरेको जनाएकोछ। संस्थान प्रतिस्ठानमा छरिएर रहेका प्रजातान्त्रिक आस्था भएका कर्मचारीहरुको हकहित र वकालतका लागि गठित उक्त कार्यसमितिको अवधी ४ वर्ष रहनेछ । बाँकेमा स्थापित नेपाल विद्युत प्राधिकरण, टेलिकम, आयल निगम, खाद्य संस्थान, खानेपानी संस्थान लगायत गरि १० प्रतिष्ठानहरुमा विस्तारित भै संगठित रहेका २ सय ५१ सदस्यहरुबाट पठाइएका ३२ अधिवेशन प्रतिनिधि बिच सो सर्वसम्मत भएको हो।