प्रभाव संवाददाता
काठमाडौं । ‘परिवर्तनका लागि आवाज’ समूहले बाह्रबिसे गाउँपालिका–५, जम्बु सिन्धुपाल्चोकमा बाढीपहिरोपीडित ३० घर परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ । सोमबार समूहका अभियन्ता पेशल महतको अगुवाईमा बाढीपहिरोपीडितलाई राहत वितरण गरेको हो ।
डाअध्यक्ष बेलबहादुरको रोकाले पीडित परिवारको नामावली उपलब्ध गराउने र समन्वय कार्यमा भूमिका निर्वाह गरेका थिए । ‘परिवर्तनका लागि आवाज’ समूह उर्जावान् युवाहरुको भएको भन्दै आफूले पनि त्यसमा सकेको सहयोग गरेको अध्यक्ष रोकाले बताएको समूहले जनाएको छ । ह्यान्ड स्यानिटाइजर, छाता विक्रि वितरण अभियान आयोजना गरी सोबाट आएको नाफा । आर्थिक चन्दासमेत जुटाएर पीडितका लागि राहत जुटाएको समूहले जनाएको छ ।
राहतमा चामल, दाल, तेल, साबुन, नुनलगायत सामाग्रीहरु वितरण गरिएको बताइएको छ । राहत वितरणमा समूहका अभियन्ताहरु प्रकाश कोइराला, श्रीकृष्ण श्रेष्ठ, विकल्प पाठक, नवीन राउत, रियान खड्का, राजु चौधरी, कुमार श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, बद्रीविक्रम पाण्डेलगायतको सक्रिय भूमिका रहेको छ ।
अभियन्ता पेशल महतका अनुसार आर्थिक सहयोग उपलब्ध गराई सहयोग गर्नेहरुमा प्रदीप खड्का (३ हजार १ सय ५), पूर्णचन्द्र गौतम (१ हजार १ सय १५), उद्धब खड्का (१ हजार १ सय ११), कैलाश कोइराला (२ हजार १ सय १५), नवराज खड्का (१ हजार ५ सय), अमिर महत (१ हजार २ सय ५१), रेखबहादुर खड्का (५ सय), आनन्द श्रेष्ठ (५ सय), टीकाराम पोखरेल (५ हजार), सोमबहादुर महत (५ हजार), बामदेव खड्का (५ हजार) र रोशन चौलागाईँ (५ हजार) रहेका छन् ।