कपिलवस्तु–कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–१ बाट बुधबार २४ लाख ५० हजार भारतीय रूपैयाँ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा पोष्ट कुकुर भुकुवाबाट खटिएको एपीएफ टोलीले उक्त रूपैयाँ बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले प्रहरीलार्य देख्नासाथै झोला छाडी भागेपछि उक्त झोलामा जाँच गर्दा पाँच सय दरको चार हजार नौ सय भारतीय रूपैयाँ फेला परेको हो ।