
काठमाडौं– कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले विदेशबाट ५० हजार ६ सय ६२ नेपालीको उद्धार गरेको जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै तीन चरणअन्तर्गत ३० देशबाट ३ सय २३ उडान गरेर कोभिड–१९ कारण समस्यामा परेका ५० हजार ६ सय ६२ जनाको उद्धार गरिएको सिसिएमसीले जनाएको हो ।
सिसिएमसीका अुसार युएईबाट सबैभन्दा बढी नेपालीको उद्धार गरिएको छ । युएईबाट १४ हजार ३ सय १४ नेपालीको उद्धार गरिएको सिसिएमसीले जनाएको छ । युएईपछि साउदीबाट ७ हजार ८ सय १७, मलेसियाबाट ७ हजार ६ सय ४१, कुवेतबाट ६ हजार ३ सय २९, कतारबाट ५ हजार ८ सय ४६ नेपाली फर्किएका छन् ।
कतारपछि जापानबाट १ हजार २३, बहराइनबाट ९ सय ८०, दक्षिण कोरियाबाट ९ सय ६७, अष्ट्रेलियाबाट ९ सय ४३, ओमानबाट ९ सय ३६, बंगलादेशबाट ८ सय ४१, माल्दिभ्सबाट ७ सय ९ नेपाली फर्किएको सिसिएमसीले जनाएको छ । सिसिएमसीका अनुसार अमेरिकाबाट ४ सय २३, थाइल्यान्डबाट ३ सय २६, सिंगापुरबाट २ सय ९७,दक्षिण सुडानबाट २ सय ५०, बेलायतबाट २ सय २९, चीनबाट २ सय ८, फिलिपिन्सबाट २ सय १ र इजरायलबाट १ सय २७ नेपाली फर्किएका छन् ।
यस्तै, टर्कीबाट १ सय १०, हङ्कङबाट ८९, भारतबाट ८५, पाकिस्तानबाट ७२, अफ्रिकाबाट ६८, अफगानिस्तानबाट ५०, इराकबाट ३९, म्यानमारबाट २६, स्विट्जरल्यान्डबाट १० र श्रीलंकाबाट ५ नेपाली फर्किएको सिसिएमसीले जनाएको छ ।
फर्किएकामध्ये प्रदेशमा ३८ हजार ८ सय ३१ गएको सिसिएमसीले जनाएको छ । सिसिएमसीका अनुसार बाग्मती प्रदेशका सबैभन्दा बढी नेपाली १३ हजार ९ सय ७८ फर्किएका छन् । बाग्मती प्रदेशपछि प्रदेश १ बाट १० हजार ७ सय ५६, प्रदेश न. ५ बाट ८ हजार ४ सय ७८, प्रदेश न.२ बाट ८ हजार ४ सय २३, गण्डकी प्रदेशबाट ६ हजार ५ सय ५८, सुदूरपश्चिम प्रदेशबाट १ हजार ३ सय १० र कर्णाली प्रदेशबाट १ हजार १ सय ५९ फर्किएका छन् ।
फर्किएका ५० हजार ६ सय ६१ मध्ये ११ हजार २ सय ६२ क्वारेन्टिनमा रहेका छन् ।
सिसिएमसीका अनुसार होटेलमा १ हजार ३ सय ६२, होममा ५ हजार ५ सय ३० र स्थानीयमा ४ हजार ३ सय ७० गरी क्वारेन्टिनमा रहेका छन् । यस्तै, अस्पतालमा ६३ र अन्यमा ५ सय ६ जना रहेको सिसिएमसीले जनाएको छ ।
हालसम्म विदेशबाट २ सय ६२ शव ल्याइएको सिसिएमसीले जनाएको छ ।
सिसिएमसीका अनुसार सबैभन्दा बढी मलेसियाबाट ८८, साउदी अरबबाट ८०, कतारबाट ५२, युएइबाट २०, कुवेतबाट १०, बहराइनबाट ७, दक्षिण कोरियाबाट २, माल्दिभ्सबाट १, ओमानबाट १ चीनबाट १ गरी २ सय ६२ शव ल्याइएको छ ।