
नयाँ दिल्ली– भारतले कोरोनाभाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपायलाई अवलम्बन गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बताएका छन् । संक्रमणका कारण अन्य विश्व समुदायको जस्तै भारतको पनि अर्थतन्त्रमा प्रभाव परेको भन्दै महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न सरकारले पूर्वाधार योजनामा १.४६ ट्रिलियन अमेरिकी डलरको घोषणा गरेको उनले बताए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘भारतले महामारीबाट सिकेको मुख्य पाठ भनेको उत्पादन र विकासमा आत्मनिर्भर बन्ने र अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि प्रमुख आपूर्तिको गन्तव्य बनाउने हो । कोरोनाभाइरस महामारी एक ठूलो सङ्कट हो, तर यसले भारतको आर्थिक प्रगति रोक्न सक्दैन,’ मोदीले बेलायती शासनबाट भारत स्वतन्त्रता पाएको दिन १७औँ शताब्दीको मुगल युगमा निर्माण गरिएको लाल किल्लामा सम्बोधनका क्रममा बताए ।
कोरोना भाइरस नियन्त्रण तथा खोप निर्माणबारे भारतले लिएको अग्रसरताबारे बोल्दै उनले भने, ‘भारतमा तीन खोपहरू विभिन्न चरणमा परीक्षणको प्रक्रियामा छन् र वैज्ञानिकहरूले ‘ग्रिन सिग्नल’ दिने बित्तिकै विशाल उत्पादन शुरू हुनेछ ।
खोपको ठूला उत्पादनका लागि विस्तृत योजना बनाइएको बताउँदै यसबाट प्रत्येक भारतीयलाई खाृपको सहज पहुँच गराइनेछ ।’
भारतले २५ लाखभन्दा बढी भाइरसको पुष्टि गरेको छ, अमेरिका र ब्राजिल पछाडि तेस्रो धेरै संक्रमित रहेको भारत मृत्युको संख्याका आधारमा संसारमा चौथो बढी प्रावित मुलुक हो । भारतमा हालसम्म ४९ हजार संक्रमितको मृत्यु भएको छ ।
एक राष्ट्रिय डिजिटल स्वास्थ्य योजनाको पनि घोषणा गर्दै प्रत्येक भारतीयले स्वास्थ्यसम्बन्धी सबै जानकारीसहित एक परिचयपत्र प्राप्त गर्ने भारतीय प्रधानमन्त्री मोदीले बताए ।
यस वर्षको स्वतन्त्रता दिवसका अवसरमा गरिँदै आएका कार्यक्रमलाई महामारीको कारण व्यापक मात्रामा घटाइएको थियो ।
उक्त कार्यक्रममा २०,००० पाहुना बोलाइने पूर्वकार्यक्रम तय भएको भएपनि प्रचलन रहेपनि को महामारीका कारणस मात्रै चार हजार पाहुनालाई आमन्त्रित गरिएको सरकारी स्रोतले बताएको छ ।
अन्तरराष्ट्रिय मुद्रा कोषले सन् २०२० मा भारतीय अर्थतन्त्रमा ४.५ प्रतिशतको संकुचन प्रक्षेपण गरेको छ, जुन भारतीय इतिहासमा निकै खराब अवस्था हो । तर प्रधानमन्त्रीले सन् २०२१ मा देशको अर्थतन्त्रमा उछाल आउने अपेक्षा गरिएको बताएका छन् ।
महामारीको आर्थिक प्रभावलाई हटाउन सरकारले सात हजार पूर्वाधार परियोजना पहिचान गरेको प्रधानमन्त्री मोदीले बताए ।
‘सबै पूर्वाधार समग्र, एकीकृत र एक अर्कासँग जोडिएको हुनुपर्दछ । बहु–आयामिक सम्वद्धता पूर्वाधार अगाडि जाने बाटो हो,’ उनले भने । भारतमा गत वर्ष प्रत्यक्ष विदेशी लगानी १८ प्रतिशतले वृद्धि भएको थियो भन्दै मोदीले यसबाट अन्तरराष्ट्रिय कम्पनीले भारतमा लगानी गर्न चाहेको स्पष्ट संकेत मिल्छ । (रासस÷एपी)