जेनेभा (स्विट्जरल्यान्ड)– विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरी कोरोना भाइरस संक्रमणबाट सात लाख ६३ हजार ३८७ लाख कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।
संक्रमितमध्ये हालसम्म एक करोड ४१ लाख ५१ हजार ७६६ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६४ लाख ४२ हजार ७३७ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरूको उपचार भइरहेको छ । संक्रमितहरू मध्ये ६४ हजार ५५९ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५४ लाख ७६ हजार २६६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ७१ हजार ५३५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ५१ लाख ५६ हजार ८२ जना कोरोना भाइरस संक्रमति रहेका छन् ।
यहाँ १ लाख ७३ हजार २८३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ६४ लाख ५४ हजार ७५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ४४ हजार ९०७ जनाको मृत्यु भएको छ । युरोपमा ३१ लाख २९ हजार ५४५ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख २ हजार ५०१ को मृत्यु भएको छ ।
एसिया ५४ लाख ९० हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ लाख १७ हजार १३३ जनाको मृत्यु भएको छ । अफ्रिकामा ११ लाख १ हजार ३४२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५ हजार १४३ जनाको मृत्यु भएको छ ।
ओसियानामा २५ हजार १३२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ४०५ जनाको मृत्यु भएको छ ।
एकैदिनमा ५७ हजार संक्रमणमुक्त
भारतमा कोरोनाभाइरसबाट संक्रमित भएका मध्ये एकैदिनमा ५७ हजार जना संक्रमणमुक्त भएका छन् । भारतको केिन्द्रय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा संक्रमणमुक्त भएकाहरूको संख्या ५७ हजार ३८१ पुगेको छ ।
मन्त्रालयका अधिकारीहरूले कोरानाभाइरसबाट संक्रमणमुक्त भएकाहरूको संख्या पछिल्लो समय भारतमा बृद्धि हुदै गएको जनाएका छन् । संक्रमणमुक्त भएकाहरू मध्ये केही अस्पतालमा उपचार गराईरहेका संक्रमितहरू रहेका छन् भने केही घरमै आइसोलेसनमा बसेकाहरू रहेका छन् ।
भारतमा अहिलेसम्म झण्डै १८ लाख मानिस कोरोनाभाइरसबाट संक्रमणमुक्त भएको अधिकारीहरूले जानकारी दिएका छन् । मन्त्रालयद्धारा जारी प्रेस वक्तव्यमा १८ लाख ८ हजार ९३६ जना संक्रमणमुक्त भएको उल्लेख गरिएको छ ।
अधिकारीहरूका अनुसार भारतमा अहिले पनि कोरोनाभाइरसबाट संक्रमित भएकाहरूको संख्या छ लाख ६८ हजार २२० रहेको छ । यो संख्या कुल संक्रमितको २६.४५ प्रतिशत मात्रै हो ।
भारतमा संक्रमणमुक्त हुनेहरूको संख्या जसरी बढीरहेको छ परीक्षण गर्ने क्रम पनि उत्तिकै बढाईएको छ ।
पछिल्लो २४ घन्टामा आठ लाख ६८ हजार ६७९ जनाको परीक्षण गरिएको अधिकारीहरूले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म दुई करोड ८५ लाख मानिसको कोरोना परीक्षण गरिएको छ ।