पोखरा– पोखरा महानगरमा भेटिएका कुल २ सय ४ संक्रमितमध्ये १४ जना संक्रमितको स्रोत नखुलेको पाईएका छ ।स्वास्थ्य महाशाखा अधिकृत हरिलाल आचार्यका अनुसार उनीहरूमा कसरी संक्रमित भए भन्न अनुसन्धान गरिरहैका छन् ।
अधिकांश बाहिरी जिल्ला र देशबाट आएका, कन्ट्याक्ट ट्रेसिङमा परेका संक्रमित छन् । उनीहरू क्वारेन्टिनमै भएकाले समस्या नभए पनि तर, समुदायस्तरमै पनि देखिन थाले पछि समस्या आएको छ ।
पोखराका कुल संक्रमितमध्ये आइतबारसम्म १ सय ७ जना निको भएर घर फर्किसकेका छन् । पोखरामा एक जना संक्रमितको उपचारकै क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गत आइतबार मृत्यु भएको थियो ।
लकडाउन खुकुलो भइसकेको अवस्थामा समुदायस्तरबाटै कोरोना संक्रमित भेटिन थालेपछि महानगर नै सिल गर्ने गरी लागिरहेको मेयर मानबहादुर जिसीले बताएका छन् । चाडबाड पनि नजिक आउन थालेको छ ।
बजारमा चहलपहल बढ्दै जाँदा कोरोना संक्रमणको जोखिम भबढेको छ । आइतबार मात्रै सर्वदलीय बैठक बसेर लकडाउन कडा रूपमा अघि लैजाने सल्लाह भएको छ ।
मेयर जिसीले महानगरलाई तत्काल सिल नगरे कोरोना समुदायस्तरमा झन् फैलिने र त्यसले महानगरलाई नै हानी गर्ने बताए ।
आइतबारमात्रै उक्त वडाका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा ५ का वडाध्यक्ष धनबहादुर नेपाली संक्रमणको स्रोत पत्ता लगाउन लागिपरेको बताउँछन् ।
पोखरा महानगरकै वडा नम्बर १६ मा पनि आइतबारमात्रै संक्रमण बिनाको २ नयाँ ‘केस’ थपिएको छ ।
२ जना व्यवसायी महिलालाई आइतबार बिहान कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । ‘१९ र १६ वडाको सीमानामा व्यवसाय गर्ने २ जना महिला संक्रमित भेटिएका छन् ।