मकवानपुर–कोरोनाको जोखिम बढे सँगै विभिन्न ठाउँमा सरकारले निषेधाज्ञा जारी गरेको छ । कोरोनाको जोखिमलाई कम गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा सपर्कसमितिको सहमति पुनः निषेधाज्ञा जारी गरेको छ ।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ ।
मकवानपुर जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटौडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोराना संक्रमणसँगै पुनः भदौ १ गतेदेखि ९ गते राति १२ बजेसम्म निषेधाज्ञा पुनः जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार बिहान बसेको जिल्ला कोभिड संटक व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले पुनः निषेधाज्ञा जारी गर्न बाध्यता भएको केन्द्रका अध्यक्ष तथा प्रजिअ दीपकराज नेपालले जानकरी गराए ।
बैठकले निषेधाज्ञा जारी गरिएअनुसार बाहेक जिल्लामा दैनिक सभा, सम्मेलन, गोष्ठी, धार्मिक पर्वलगायत अन्य भिडभाड हुने कार्यक्रम नगर्नसमेत आदेश जारी गरिएको र जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए ।
निषेधाज्ञा अवधिभर बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म सर्वसाधारणलाई आवश्यक खाद्यान्न, इन्धन, औषधिलगायत अतिआवश्यक वस्तु खरिद गर्न समय निर्धारण गरिएको र सर्वसाधारणले दैनिक प्रयोग गर्दै आएको सार्वजनिक यातायात, निजी यातायात, र मोरटसाइकललाई निषेधाज्ञा जारी भएअनुसार सञ्चालनमा कडा रोक लगाइएको छ ।
मकवानपुरको मनहरि गाउँपालिका क्षेत्र पूर्व–पश्चिम महेन्द्र राजमार्गलगायत हेटौडा उपमहानगरपालिका क्षेत्रका १ देखि १९ वटै वडासम्ममा सोही मितिसम्म निषेधाज्ञा जारी गरिएको छ ।
त्यस्तै पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आइतबा बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।
राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार बैठकमा आइतबार राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पूर्वी चितवनका चार नगरपालिकाले संयुक्त बैठक बसेर निषेधाज्ञाको अनुरोध गरेको बताए ।
चितवनमा सूचना जारी गरी निषेधाज्ञा गरिएसँगै बकुलहर रत्ननगर अस्पतालमा कोरोना आइसोलेसन बनाउने र रत्ननगरमा कोरोना परीक्षणका लागि प्रयोगशाला माग गर्ने निर्णय गरेको छ ।