
दोहा– कतारमा इमान्दारीपूर्वक काम गरेबापत चार नेपालीले जनही १५ हजार कतारी रियाल इनाम पाएका छन् । आइओएस प्रमाणित कम्पनी नासर अल अली इन्टरप्राइजेजले आङ्खना चार नेपाली कर्मचारी अबिरबहादुर राई, पञ्चे राई, छिरिङ राई र दशरथ मुसहरलाई १० वर्ष लामो सेवा, आङ्खनो समर्पण इमान्दारिता तथा उत्कृष्ट काम गरेबापत प्रत्येकलाई १५ हजार कतारी रियाल इनाम दिएको हो ।
नासर अली अल अली कम्पनीका मालिकले एक कार्यक्रमका बीच ती कर्मचारीहरूलाई नगद हस्तान्तरण गरेका थिए । कम्पनीका मालिक नासर अली अल अलीले भने, ‘मलाई गर्व लाग्छ कि गत १० वर्षको सेवामा यी कामदारहरूले वफादारी र कडा परिश्रमले कम्पनीको सफलतामा समेत योगदान पु¥याएका छन् ।’
उनीहरूको कामको सराहना गर्दै उत्साहको टोकन कम्पनी व्यवस्थापनमार्फत प्रत्येक कर्मचारीलाई १५ हजार प्रदान गरेको मालिक अलीले बताएका छन् । उनले यस इनामबाट कर्मचारीहरू अझ बढी कम्पनीप्रति इमानदारी भएर काम गर्ने आा गरेका छन् ।
पुरस्कृत अबिरबहादुर राई, पञ्च राई, छिरिङ राई र दशरथ मुसहर सन् २००९ मा नासर अल अली इन्टरप्राइजेज कम्पनीमा निर्माण श्रमिकका रूपमा आएका थिए र अहिले उनीहरू दक्ष कामदारका रूपमा कम्पनीमा कार्यरत छन् ।
नासर अल अलीको कम्पनीमा काम गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको अबिरबहादुर राईले बताएका छन् । उनले भने, ‘म भाग्यशाली रहेछु, किनभने मैले यस कम्पनीबाट सीप सिक्न सिकेँ र आर्थिक जोहोसमेत गर्न सकेको छु ।’
त्यस्तै, छिरिङ राईले नासर अल अलीप्रति गर्व गरेका छन् र नासर अल अलीको कम्पनीलाई अत्यन्त राम्रो रोजगारदाताको रूपमा लिएका छन् । आफूले पाएको इनाम आङ्खनो छोराछोरीहरूको शिक्षाका लागि खर्च गर्न चाहेको पञ्च राई भन्छन् । त्यस्तै, अर्का कर्मचारी दशरथ मुसहरले आङ्खनो रोजगारदाता नासर अल अलीलाई आङ्खनो सफलताको स्रोतका रूपमा लिएका छन् ।
सुरुमा उनले कतारमा दुई वर्ष काम गर्ने योजना गरेका थिए । यो कम्पनीले प्रदान गरेको सेवा र सुविधा देखेर उनलाई कम्पनीमा निरन्तर काम गर्ने सोच आयो र उनले लगातार सोही कम्पनीमा १० वर्ष बिताइसकेका छन् । आफू यस कम्पनीमा एउटा परिवारका सदस्यजस्तै भएर काम गर्न पाउनु र भैपरी आउने समस्याहरूमा कम्पनीबाट सहयोग पाउनु नै हाम्रो कम्पनी र स्वयं आफूहरूको सफलता भएको उनले सम्झेका छन् ।
मुसहररले गर्वसाथ यस कम्पनीबाट आर्थिक जोहो र कामको दक्षता हासिल गरेको कुरा व्यक्त गर्दछन् ।
नासर अल अली इन्टरप्राइजेज कम्पनीले एकै दिनमा नेपाल, भारतीय र बंगलादेशलगायत आङ्खना कम्पनीमा कार्यरत अन्य १० कर्मचारीहरूलाई पनि जुलाई महिनामा उत्कृष्ट काम गरेबापत प्रत्येकलाई १ हजार नगदसहित पुरस्कृत गरेका थिए ।