नेपालगन्ज । फाल्गुन ७ ।
नेपालगन्जको सरस्वती माबिमा अध्ययनरत बिद्यार्थीहरुलाई फाल्गुन १० गते बाल बिवाह तथा जन्मदर्ता सम्बन्धि अभिमुखिकरण गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा युनिसेफको सहयोगमा बास नेपालगन्जद्धारा सँचालीत बालसंरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम अन्तरगत सो अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।
अभिमुखिरकण कार्यक्रममा सहभागि बिद्यार्थीहरुले समाजमा अहिले पनि बाल बिबाह भईरहेको भन्दै त्यसका बिरुद्ध ब्यापक प्रचार प्रसार गर्ने प्रतिबद्धता गरेका छन् । उनीहरुले कहि कतै बाल बिबाह भएको खबर पाएमा तुरुन्तै सम्बन्धित निकायमा खबर गर्ने प्रतिबद्धता गरेका छन् । उनीहरुले बाल बिवाह, बाल बिबाहका बेफाईदा, बाल बिबाह पछि आउने समस्या र जन्म दर्ताका बारेमा आफ्ना साथिहरु र परिवारका सदस्यहरुलाई जानकारी गराउने प्रतिबद्धता गरेका छन् । सरस्वती बिद्यालयका कक्षा १० मा अध्ययनरत बिद्यार्थीहरुलाई दिईएको अभिमुखिकरण कार्यक्रममा बाल बिबाह तथा जन्म दर्ताका विभिन्न बिषयमा बासका केन्द्रीय सदस्य मनिष कर्माचार्य, उपनिर्देशक हेमराज भट्ट र सामाजिक परिचालक शर्मिला थापाले सहजिकरण गरेका थिए । अभिमुखिकरणमा ५१ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो । बासले कार्यक्रम अन्तरगत वडा नं. १०,११,१२, १६ र १७ का विभिन्न बिद्यालयहरुमा बालबिवाह र जन्म दर्ता बारे अभिमुखिकरण गरिरहेको छ ।