काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सिपिएल) अन्तर्गतको दोस्रो खेलमा नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले पहिलो खेल आज (बुधबार) खेल्ने भएका छन् ।
मंगलबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो खेलमा ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्सबीच तथा अर्को खेल बुधबार (बिहान) बारबाडोस र सेन्ट किट्सबीच सम्पन्न भएको छ ।
सन्दीपले भने आङ्खनो पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्ने भएका छन् ।
सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्नेछ । सिपिएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपको भनाइ छ ।
सामाजिक सञ्जालमार्फत आङ्खनो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताएका छन् ।
सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका हुन् । नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए ।
यसबीच सन्दीपले दुई पटक पिसिआर परीक्षण गराएका थिए । नेपाल र टोबागोमा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । उक्त रिपोर्टसँगै सन्दीपले सिपिएल खेल्ने बाटो खुला भएको हो ।
यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उहाँले यसअघि दुई पटक सिपिएल खेलिसकेका छन् ।
सिपिएल भदौ २५ गतेसम्म चल्ने छ । सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दैछन् ।
सिपिएलमा कूल ३३ खेल हुने छन् । कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् ।